Slideshow

Loading...

Video Bar

Loading...

फ्याफुल्ला !

प्रिय मित्रहरू !
साहित्यिक अभिवादन् अनि नमस्कार..........
मेरो पार्थिव मनभित्र पलाएका भावानुभूतिहरू अभिब्यक्त गर्न अनि यहाँहरूको साहित्यिक मनहरू बहलाउँन केहि सामाग्रीहरूको साथमा उपस्थित भएको छु शब्दहरू कनीकुथी लेख्दै लेख्दै भए पनि त्यसैले स्विकार्नुस् ल ,यी प्रयासका मेरा प्रस्तुतीहरू ? अनि यहाँहरूले अमुल्य प्रतिक्रिया दिन पनि नबिर्सनुँहोला किनभने यहाँहरूकै माया ममता अनि समालोचनात्मक बिचारहरूको प्रतिफलस्वरूप नै नयाँ नयाँ श्रृजनाहरू जन्मिनँ प्रेरणा मिल्छ हरेक जो कोहि सर्जकहरूलाइ पनि , त्यसैले म पनि त्यसको शायद अपवादमा पर्दिनँहोला ।

Wednesday, June 15, 2011

पशू गर्जनहरू !





- अशोक पार्थिव तामाङ


ए मान्छे भनाउँदा मान्छेहरू !
म त खाँटी पशू हो ,
म पशूको सवतन्त्रता बाँच्न चाहन्छु
तिम्रो कंक्रिटको शहरमा
मेरो लागी गोठ नबनाउ
त्यो मेरो आवश्यक्ता पनि होइन

तिम्रो सूनबुट्टे सपनाहरूको पछि लाग्दा
थुप्रै मेरा वंसजहरू !
त्यहि शहर पुगेर राहदानी विहिन भएर हराएका छन्
कोही मारिएका छन्
कोही लुछिएका छन्
कोही चपाइएका छन्
असंख्य बरबाद भएका छन्
मेरो इतिहासको खाता वर्तमानमा नियालेर पल्टाउँदा

मैले अज्ञानमा यति चाहीं बुझेको छु।

मलाई जबरजस्ती गर्भाधान गराएर
अनगिन्ती बच्चा ब्याउँने पार्न तिमी सित लिंगै-लिंगैका कल्पनाहरू छन्
मलाई गूफामा कुन्जाएर तिमीले घाम ताप्ने योजनाहरू छन्
मेरो दूध दुहेर पिउँने
दूध सकिए पछि रगत पनि पिउने
रगत सकिए पछि हड्डी पनि चपाउँने
तिम्रा क्षितिजका सपनाहरू
म कहिल्यै पुरा हुन दिने छैन ।

( समाप्त )


- तपेश्वरी १ , उदयपूर

हालः इजरायल <



/strong>

Monday, January 10, 2011

गधा ( कविता )




- अशोक पार्थिव तामाङ





इजरायल बसाईको एउटा साँझ

अटो बुसमा पसेर म "तेल अभिव" शहर हुरूरू जाँदै हुन्छु

बाटो वरपरका थुप्रै लैन्डस्कैपमा

केहि खेती, केहि बगरहरू पनि देखिन्छन्



अलि पर

केहि बगाल गधाहरू !

मरूभुमीमा यता -उती व्यग्र डुली रहेको देख्छु



मैले फेरि

नियालेर हेरें,

अर्को असली गधा त

"तेल अभिव" शहर जाँदै गरेको देखें ।

अनि म अचम्मित भएँ

यो कस्तो दृष्य !

यो कस्तो दीन !

एउटा गधाले अर्को गधालाई नै टिठ्याउँदै हेर्नु पर्ने ।









तपेश्वरी १ , उदयपुर



हालः इजरायल

Tuesday, January 4, 2011

( कविता ) एकहूल खहरेहरू अब मेरो बस्ती भित्र बगाउँछु ।।




अशोक पार्थिव तामाङ





एक हुल खहरेहरू !

अब मेरो बस्ती भित्र बगाउँछु ।



साह्रै गन्हाएको छ, विचारहरू !

सप्पै - सप्पै पखाल्छु ।

सामाजिक कुँइनेटोमा

क्यान्सर बनेर उठेका यी चिचिन्डो - उभिन्डो घाउहरू !

चेतनाका जोत्नै नमिल्ने यी चोसे गह्राहरू !

विवेकको कोदालीले ताछ्छु ,सम्याउँछु

र रोप्छु भर्भराउँदो सिर्जनशीलता ।



ढुसी परेका विवेकिय विसमताहरू !

अर्धचेतमा खोंचे थापेर बसेका हाउगुजी दर्शनहरू !

अनि

यि काउली परेका अन्धविश्वासी बाइबल, कुरान,त्रिपिटक र गीताहरूमा

होरा.......फिरी....... गर्दै

जोत्दै बेस्मरी पटाह र दाँदे म हुरहुरी लाउँछु

जे - जे थिचिएला, थिचियोस् ।

जे - जे काटिएला , काटियोस् ।

म अब बाउसे हुन्छु, रोपार हुन्छु र हलि हुन्छु ।

अनि रोप्छु हिलाम्यै पारेर मेरा चेतनाको बेर्नाहरू !



यस्तो बेला

बिद्रोही ठानेर जंगली समयको बेगले मेरो इमानी छातीमा

बैमान उपाधीको काँटीहरू ह्यामरले ट्वाक् - ट्वाक् ठोक्ला

तर म झन् हरियो हुनेछु

विचारका पाखा - पहरा अनि मैदानहरूमा झ्याँगिन्दै जानेछु ।

तसर्थ

अब म हुरीहरू खोजेर ल्याउँछु

अनि छिराउँछु मेरो बस्ती भित्र

अनि

सर्पहरू हतार गर्दै निस्किएर बन तिर भाग्नेछन्

अरिंगलहरू अर्को क्षितिज तिर उडुनेछन्





पशुहरूले युगौं मान्छे खाएको मेरो बस्ती

मलाई समर्थन गर्नु छैन ।

यिनै पशुहरू सखाप पार्न

म चट्याँङ खोजेर ल्याउँछु

अनि बिस्फोट गर्छु मेरै बस्ती भित्र

अनि एकहुल गिद्दहरू डाकेर छिराउँछु

मेरो बस्तीको फोहोर सफा गर्न

अनि

सुन्दर मान्छेहरूका बस्ती निर्माण गर्छु ।





तपेश्वरी १, उदयपुर



हालः ( इजरायल )

Thursday, December 30, 2010

Song, बाटो हिडें भन्थे मैले,




- अशोक पार्थिव तामाङ





बाटो हिडें भन्थे मैले उमेर मात्रै खियाएछु ।

चकमक झुलो बिना नै, जीन्दगी उद्याएछु ।।





एक अन्जुली माया पनि तक्दीरमा अडिएन ।

मान्छे जस्तो देखिए पनि मान्छे हुन सकिएन ।।

समुन्द्र त ताकेकै हो, खोल्सी तिरै बिलाएछु ।

चकमक झुलो बिना नै जीन्दगी मैले उद्याएछु ।।





हजार घाम कतै होला यता मन अँधेरो छ ।

तिर्खा मेट्ने कुवा होला यो मन सँधै खडेरी छ ।।

माया फुल्न सक्थ्यो होला, बँगैचा नि सुकाएछु ।

चकमक झुलो बिना नै मैले जीन्दगी उद्याएछु ।।





तपेश्वरी १ , उदयपुर



हालः इजरायल

Song, बाटो हिडें भन्थे मैले,




- अशोक पार्थिव तामाङ





बाटो हिडें भन्थे मैले उमेर मात्रै खियाएछु ।

चकमक झुलो बिना नै, जीन्दगी उद्याएछु ।।





एक अन्जुली माया पनि तक्दीरमा अडिएन ।

मान्छे जस्तो देखिए पनि मान्छे हुन सकिएन ।।

समुन्द्र त ताकेकै हो, खोल्सी तिरै बिलाएछु ।

चकमक झुलो बिना नै जीन्दगी मैले उद्याएछु ।।





हजार घाम कतै होला यता मन अँधेरो छ ।

तिर्खा मेट्ने कुवा होला यो मन सँधै खडेरी छ ।।

माया फुल्न सक्थ्यो होला, बँगैचा नि सुकाएछु ।

चकमक झुलो बिना नै मैले जीन्दगी उद्याएछु ।।





तपेश्वरी १ , उदयपुर



हालः इजरायल

पार्थिव क्यान्भास

My Photo
" अशोक पार्थिव तामाङ " एउटा साहित्याँनुरागी साथै कलाप्रेमी हुनँसक्छ ।